site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्न सिफारिस
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेश सभाको विशेष अधिवेशन आह्वान हुने भएको छ । सरकारले असार १४ गतेका लागि विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो । 

विश्वासको मत लिने प्रजोजनका लागि विशेष अधिवेशन आह्वान गरिएको हो । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्व सरकार अल्पमतमा परेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुख्यमन्त्री कार्कीले असार १४ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरेको प्रदेश सरकारका प्रवक्ता मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

अल्पमतमा परेपछि कार्कीले जारी बजेट अधिवेशन अन्त्य गर्दै जेठ ३२ गते अध्यादेशमार्फत प्रदेश सरकारको बजेट ल्याएका थिए ।

सभामा जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । नियमित अधिवेशन आह्वान गर्दा सभामा बजेट अध्यादेश पेस गर्नुपर्ने हुन्छ । 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्