site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संवैधानिक व्यवस्थाअनुसार नै न्यायाधीश नियुक्त हुन्छन् : कानुनमन्त्री गुरुङ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरु नियुक्त हुने गरेको दाबी गरेका छन् ।

न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुने गरेको चर्चा भइरहँदा उनले यस्तो प्रतिक्रिया दिए । मन्त्री गुरुङले संविधानले नै दिएको अधिकारभित्रै रहेर न्यायाधीश नियुक्त हुने गरेको विगत सबैले बुझेको हुनुपर्ने जिकीर समेत गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मंगलबार प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उनले न्यायालय राजनीतिक भर्ती केन्द्र भएजस्तो आफूलाई नलागेको बताए । 

मन्त्री गुरुङले संविधान कुल्चेर, संविधानभन्दा बाहिर गएर न्यायाधीशहरु नियुक्त नभएको बताए । उनले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो पहुँचकै आधारमा सर्वोच्च अदालतमा मुद्दाहरु फछ्र्योट हुने गरेको भनाइमा पनि सत्यता नरहेको बताए ।

सर्वोच्च अदालतको आफ्नै प्रक्रिया भित्रबाट मुद्दाहरुको छिनाफानो हुने गरेको मन्त्री गुरुङको भनाइ थियो । उनले न्यायालयले न्याय सम्पादनको काम स्वतन्त्र ढंगले गर्ने गरेको पनि बताए ।
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्