site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जापानले दक्षिण कोरियालाई व्यापारको ‘सेतो सूची’मा राख्ने

टोकियो । जापानले आगामी जुलाईदेखि दक्षिण कोरियालाई विश्वसनीय व्यापार साझेदारहरूको सूचीमा पुनर्स्थापित गर्दै छ ।  

सरकारले ऐतिहासिक जबरजस्ती श्रमको विवादमा सन् २०१९ मा सो सूचीबाट हटाउँन गरेको पुरानो निर्णयलाई उल्टाउँदै मंगलबार यसबारे जानकारी दिएको छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस वर्षको सुरुमा सियोलले जापानलाई आफ्नो व्यापार सेतो सूची’मा पुनःस्थापना गर्ने यो कदमले छिमेकीहरूबीचको सम्बन्धलाई थप न्यानो पार्ने प्रयासको पछिल्लो कदमको रूपमा लिएको छ ।

दक्षिण कोरियासँगको व्यापारले जुलाई २१ देखि फास्ट ट्र्याक स्वीकृति प्रक्रियाको उपयोग गर्न सक्ने टोकियोको व्यापार मन्त्रालयले जनाएको छ । सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीपमा जापानले गरेको क्रूर कब्जाको तीतो सम्झनाका कारण दुई अमेरिकी सहयोगीहरूबीचको सम्बन्ध लामो समयदेखि चिसिएको छ।

सन् २०१८ मा दक्षिण कोरियाको सर्वोच्च अदालतले जापानी फर्महरूलाई जबरजस्ती श्रमका युद्धका पीडितहरूलाई क्षतिपूर्ति दिन आदेश दिएको थियो ।  जसको कारण जस्तालाई त्यस्तै ९टिट(फर(ट्याट० आर्थिक नीति लिएको थियो । तर गत वर्ष दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल सत्तामा आएदेखि उनले उत्तर कोरियाको  उक्त धम्कीलाई मध्यनजर गर्दै जापानसँगको सम्बन्धलाई द्रुत गतिमा सुदृढ पार्ने काम गर्दै आइरहेको छ ।

मार्चमा युनले टोकियोबाट प्रत्यक्ष संलग्नताविना पीडितहरूलाई क्षतिपूर्ति दिने योजनाको शुरु गर्नु भएको थियो जुन घरेलु रूपमा अलोकप्रिय थियो तर जापानसँगको सम्बन्ध सुधार गर्न भने यसले मद्दत गरेको थियो ।

त्यसबेलादेखि युन र जापानी प्रधानमन्त्री फुमियो किशिदाले अप्रिलमा युनसँग टोकियो र गत महिना किशिदाले सियोलको यात्रा गर्दै नियमित उच्चस्तरीय वार्ता पुनः सुरु गर्दै सम्बन्धलाई  सुमधुर बनाउने दिशामा अगाडि बढेका छन् ।

जापानले पनि यस वर्ष दक्षिण कोरियाको लागि निर्धारित अर्धचालकहरूको लागि आवश्यक सामग्री निर्यातमा लिएको नियन्त्राणत्मक  नीति हटाएको छ । त्यसैगरी सियोलले पनि जापानविरुद्ध डब्ल्यूटीओमा गर्दै आएको गुनासो अन्त्य गरेको र सैन्य खुफिया–साझेदारी सम्झौतालाई सामान्य बनाउन अगाडि सरेको छ। रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्