site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वी पहाडी जिल्लामा खाद्यन्न र औषधिको तत्काल व्यवस्था होस् : योगेश भट्टराई
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा खाद्यान्न, औषधिलगायतका अति आवश्यकीय बस्तुहरुको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले ती जिल्लाहरुमा मानवीय संकट उत्पन्न हुँदा पनि सरकारले पीडितहरुका लागि अति आवश्यकीय बस्तुहरुको व्यवस्थापन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ताप्लेजुङ जिल्ला राजमार्गहरुबाट सम्पूर्ण रुपमा सम्पर्क विच्छेदको अवस्थामा रहेको उल्लेख गर्दै उनले पहिरोले बगाएका पुलहरुको तत्काल निर्माण हुने गरी आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानकर्षण गराए । उनले पुनर्निर्माण र पुनर्वासका लागि पनि सरकारले खासै काम गर्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

सचिव भट्टराईले पहिरोले भत्काएका पुलहरुको निर्माणका लागि आवश्यक जनशक्तिको पनि तत्काल व्यवस्था गर्न सरकारलाई सचेत गराए ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्