site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सदनमा प्रधानमन्त्रीको गुनासो : मुर्राबारे चर्चा भयो, भारत भ्रमणको उपलब्धि हेरिएन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा भएका उपलब्धिलाई विषयान्तर गरेको संसद्मा गुनासो गरेका छन् ।

उनले बुधबार संसद्मा भर्खर भएको भारत भ्रमणको क्रममा ऐतिहासिक उपलब्धि भएको समेत दाबी गरे । त्यस्ता विषयलाई विषयान्तर गर्न संसद्मा धेरै समय खर्च गरेको भन्दै उनले गुनासो गरेका हुन् ।

“संसद्सँग पनि मेरो गुनासो रहने गरको छ । भर्खरको मेरो भारत भ्रमणमा वर्षौँदेखि रोकिएको नेपाल–भारत पारवाहन सन्धि संशोधनसहित नवीकरण गरियो । भारत र तेस्रो मुलुकमा विद्युत् नियार्तको लागि ब्रेक थ्रू भयो तर हामीले यस्ता ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगा कि भैँसी भन्ने विषयमा संसद्को लामो समय लियौँ,” उनले भने, “यस्ता घटनाबाट जनतामा पर्ने बारेमा यो संसद् गम्भीर हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।”

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्