site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बजेटको विपक्षमा उभिएपछि सरकारलाई दिएको समर्थनको विषयमा जनमत पार्टी अनिर्णीत

काठमाडौं । सरकारले ल्याएको बजेटको विपक्षमा उभिएको जनमत पार्टी सरकारको समर्थन कायम राख्ने वा फिर्ता लिने विषयमा अनिर्णीत बनेको छ ।

बुधबार बसेको पार्टी संसदीय दलको बैठकबाट बजेटको विपक्षमा उभिने निर्णय गरेको जनमतले विपक्षमा मतदान समेत गरिसकेको छ । तर, सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने भन्ने विषयमा भने अझैं अलमलमा छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्टी उपाध्यक्ष तथा पूर्वखानेपानी मन्त्री अब्दुल खानले बाह्रखरीसँग सरकारमा रहेको माओवादी, नेपाली कांग्रेसलगायत दलले अब खेल्ने भूमिकाअनुसार समर्थनको विषयमा निर्णय गरिने जानकारी दिए ।

“हामीले प्रदेशमा पनि सम्मानजनक अवसर पाएका छैनौं । केन्द्रमा पनि सरकार छाडिसकेका छौँ । बजेटको विषयमा पनि हाम्रो स्पष्ट धारणा छ,” खानले बाह्रखरीसँग भने, “यसको मतलव अहिले हाड एण्ड फास्ट हामी समर्थनको विषयमा निर्णयमा पुग्दैनौं । संवादलाई अघि बढाउँछौँ र निर्णयमा पुग्छौँ ।”

केही समय अघि पार्टी सरकारकबाट बाहिरिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । पार्टी अहिलेपनि गठबन्धन भित्रको एक घटक हो ।

तर, गठबन्धनको एक घटक भएपनि पार्टी आगामी आर्थिक वर्षको बजेट पास गराउने पक्षमा उभिएन । बजेटलाई गरिबमारा र जनतामाराको संज्ञा दिएको पार्टीले सरकारलाई दिएको समर्थन के हुन्छ भन्ने खुलाएको छैन ।

 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्