site stats
बाह्रखरी :: Baahrakhari
विदेश
स्पेनका प्रधानमन्त्री युक्रेनमा
पेड्रो सान्चेज । फाइल तस्बिर : रोयटर्स ।

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज शनिबार बिहान किभ पुगेका छन् । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग भेटवार्ताका निम्ति उनी शनिबार बिहान किभ पुगेको बताइएको छ ।

“म युरोपेली संघको काउन्सिलको स्पेनी अध्यक्षताको पहिलो कार्य युक्रेनमा यसको अध्यक्षसँग होस् भन्ने चाहन्छु,” सान्चेजले आफ्नो आधिकारिक ट्विटमा लेखेका छन् । उनले सिंगो युरोपको ऐक्यबद्धता व्यक्त गर्न पनि यो भ्रमण गरिएको बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“युरोपमा शान्ति नआएसम्म हामी युक्रेनी जनतालाई समर्थन गरिरहनेछौँ,” बिहीबार ईयू शिखर सम्मेलनका क्रममा भ्रमणको घोषणा गर्दै सान्चेजले भनेका थिए, “रुसको आक्रमणविरुद्ध लड्ने किभलाई ईयूको समर्थन ।” प्रदर्शन गर्ने उद्देश्य पनि यो भ्रमणको रहेको उनले उल्लेख गरे ।

एक वर्ष पहिले ईयू सदस्यताको उमेदवार बनेको युक्रेनले यो वर्ष सदस्यता प्राप्तिका निम्ति औपचारिक वार्ता गर्ने तयारी गरेको छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्