site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निजी बैंकहरूलाई सरकारले तत्काल आफ्नो मातहत ल्याउनुपर्छ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निजी बैंंकहरूलाई तत्काल आफ्नो मातहतमा ल्याउन सरकारसँग माग गरेका छन् । 

आइतबार प्रतिनिधिसभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा उनले निजी बैंकहरूलाई राज्यले आफ्नो मातहत ल्याउनुपर्ने आवश्यकता औंल्याए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सांसद सुवालले निजी बैंक नाफाका लागि मात्रै खोलिएको र त्यसले मिटरब्याज पीडितको पीडालाई सम्बोधन गर्न नसक्ने भएकाले त्यस्ता बैंकहरूलाई राज्यको मातहत ल्याउनैपर्ने बताए । 

उनले भने, “निजी बैंक भनेको नाफाको लागि खोलिएको हुन्छ । उसले मिटरव्याज पीडितलाई दुःख भयोकी भनेर ऋण दिँदैन । त्यसकारण निजी बैंक सामाजिकीकरण गर्ने, राज्यले लिने अनि जिम्मेवारी पनि लिनु पर्दछ ।” 

उनले राज्यले आम नागरिकको जिम्मेवारी लिनुपर्ने भएकाले त्यसो गर्न नसक्ने मन्त्रीहरूले पदमा बसिरहन उपयुक्त नहुने तर्क समेत गरे । 
 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्