site stats
बाह्रखरी :: Baahrakhari
देश
पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य उपचार : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य उपचारको पहुँच पुर्‍याउन प्रयत्न भइरहेको बताएका छन् ।

सोमबार मन्त्रालयमा लोकसेवा परीक्षा उत्तीर्ण भइ स्थायी नियुक्ति पाएका स्टाफ नर्सहरूसँगको छलफलका क्रममा मन्त्री बस्नेतले संविधानमा रहेको स्वास्थ्य उपचारको हकलाई कार्यान्वयन गर्दै पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य उपचारको पहुँच पु¥याउन प्रयत्न भइरहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अहिले विभिन्न अस्पतालमा १० प्रतिशत निःशुल्क उपचार गर्ने प्रणाली लागु भइसकेको भन्दै सरकारको निर्देशन पालना नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिए ।

मन्त्री बस्नेतले देश र जनताका लागि सेवा गर्ने स्टाफ नर्सलाई सरकारले आवश्यक सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता जनाए । स्वास्थ्य क्षेत्रमा देखिएका कमीकमजोरी सुधार गर्न यही क्षेत्रमा कार्यरत जनशक्तिको साझा भावना हुनुपर्नेमा उहाले जोड दिए ।

उनले बिरामीको सेवामा क्रियाशील जुनसुकै तहको जनशक्तिलाई तालिम र प्रशिक्षणमा प्राथमिकता दिइने पनि बताए । त्यस्तै मन्त्री बस्नेतले आफ्नो घरपायक पर्ने स्थानमा सेवा गर्ने मौका स्टाफ नर्सहरुलाइ दिइने बताए ।

 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्