site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकार गठनमा सभामुखको प्रयोग संविधानविपरीत हुन्छ : शेखर कोइराला
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकार गठनका लागि सभामुखको हस्ताक्षरको प्रयोग गलत हुने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

“दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरी पठाउने कुराको संवैधानिक व्याख्या छैन,” उनले फेसबुकमा लेखेका छन्, “तर, सभामुख आफैले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्तविपरीत हुन जान्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदेश सरकार गठन वा समर्थनको सवालमा कुन पार्टीको समर्थन रहने भन्ने कुरा सोही पार्टीको संसदीय दल वा समितिबाट प्रदेश प्रमुखलाई जानकारी दिन सकिने व्यवस्था रहेको पनि उनले उल्लेख गरेका छन् ।

सभामुखको संवैधानिक भूमिका व्यवस्थापिका संसद्को कार्य सञ्चालन गर्नु र अध्यक्षता गर्नु भएको उनले उल्लेख गरेका छन् । उनी थप्छन्, “यदि, संसद्मा पेस भएका विषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्नेबाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत हुन जान्छ ।”

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्