site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीको सुझाव– अंक होइन, रुचिका आधारमा विषय छनोट गर्नू
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो आन्तरिक रुचिका आधारमा विषय छनोट गर्न विद्यार्थीहरूलाई सुझाव दिएका छन् ।

बिहीबार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण हुने विद्यार्थीहरूलाई बधाई दिँदै ओलीले अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अंकको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"शिक्षामा आफूले छनोट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस् । जीवनका सम्पूर्ण परीक्षा सफल होऊन्, उत्तरोत्तर प्रगतिको कामना," ओलीले फेसबुकमा भनेका छन। 

आज परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्