site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको निर्देशन : जनताको जीवनरक्षाका निम्ति गम्भीर बनौँ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरूलाई प्रशासक होइन, जनसेवक भएर काम गर्न निर्देशन दिएका छन् । 

शुक्रबार दिउँसो सिंहदरबारमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को ११औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले औपचारिक नेतृत्व वा प्रशासक नभएर जनताको सेवकका रूपमा आफूलाई स्थापित गर्न निर्देशन दिए ।

“वर्षातको समयपूर्व नै किन हामी उद्दार र राहतसम्बन्धी आवश्यक आधारभूत सामग्रीहरूको बन्दोबस्त गर्दैनौँ ? विपद्जस्तो अत्यन्तै संवदेनशील विषयमा पनि किन हामी झन्झटिलो प्रशासनिक जञ्जाल बनाएर नागरिकलाई सास्ती दिइरहेका छौँ ?,” उनले भने, “यी र यस्ता प्रश्नहरूप्रति जिम्मेवार बनेर मात्र हामीले सही अर्थमा विपद् न्यूनीकरण र व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सक्छौँ ।”
 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्