site stats
बाह्रखरी :: Baahrakhari
देश
विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दिपायल । डोटीको दिपायल सिलगढी नगरपालिका–५, इन्द्रचोकमा विषालु च्याउ खाँदा ११ जना बिरामी भएका छन् । 

बिरामी हुनेमा दिपायल सिलगढी–५, इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गंगा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए । उनीहरूको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्