site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
काठमाडौं उपत्यकामा कहाँको भाडादर कति छ ? (सूचीसहित)

काठमाडौं । वाग्मती प्रदेश सरकारले पछिल्लो पटक जेठ ११ गतेदेखि लागु हुनेगरी सार्वजनिक सवारीको नयाँ भाडादर लागु गरेको थियो ।

प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जेठ ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार भाडादर समायोजन गरेको हो । मन्त्रालयले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीका लागि छुट्टै भाडादर तोकेको छ ।

उपत्यकामा बस्ने कतिपय सेवाग्राहीहरूले सार्वजनिक सवारीमा चढ्दा भाडादरबारे अज्ञविज्ञ भएको महसुस गर्ने गरेका छन् । कतिपयले भने तोकिएको भन्दाबढी भाडा मागेर ठगिएको समेत गुनासो गर्छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशत घटबढ हुँदा भाडा समायोजन गरिने बताए । भाडा दिँदा ठगीमा वा कसैले बढी भाडा लिएमा यातायात समितिले आन्तरिकरूपमै कारबाही गर्ने गरेको उनको भनाइ छ । 

यस्तै, सडक सुरक्षामा खटिएका ट्राफिक प्रहरीले पनि ठगिएको गुनासो आएमा सम्बोधन गर्ने र ठूलै समस्या भएमा मन्त्रालयले नै पनि काम गर्ने उनले बताए ।

प्रदेश राजपत्रमा प्रकाशित मन्त्रालयको भाडादर अनुसार काठमाडौं उपत्यकामा

  • ० देखि ५ किलोमिटरसम्मको भाडा १९ रुपैयाँ तोकिएको छ ।
  • ० देखि १० किलोमिटरसम्मको भाडा २५ रुपैयाँ रहेको छ ।
  • ० देखि १५ किलोमिटरसम्मको भाडा ३० रुपैयाँ रहेको छ ।
  • ० देखि २० किलोमिटरसम्मको भाडा ३३ रुपैयाँ रहेको छ, र
  • २० किलोमिटर भन्दामाथिको भाडा ३८ रुपैयाँ रहेको छ ।

यसअघि गत वर्ष २०७९को असार ५ देखि लागु भएको भाडादर रहेको थियो । त्यतिबेला ० देखि ५ किलोमिटरसम्मको भाडा २० रुपैयाँ, १० किलोमिटरसम्मको २७, १५ किलोमिटरसम्मको ३२ रुपैयाँ, २० किलोमिटरसम्मको २५ रुपैयाँ र २० किलोमिटर भन्दामाथिको भाडा ४० रुपैयाँ रहेको थियो ।

अन्य कुन रुटको कति छ भाडादर

विद्युतीय सवारी साधन र यात्रुवाहक सवारी साधन ट्याक्सीको हकमा भने पूरानै २०७९ वैशाख १ मा तोकिएको भाडादर कायम रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्