site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘एमालेको छातीमा ढुंगा प्रहार भयो’

जनकपुरधाम । मधेस प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवले मधेस सरकारले आफूहरूको छातीमाथि ढुंगा प्रहार गरेको गुनासो गरेका छन् । आइतबार प्रदेशसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

“सत्तापक्षले मात्रै चाहेर मधेस प्रदेश बन्दैन, प्रतिपक्षको साथ आवश्यक छ,” उनले भने, “तर, सरकारले यी सबै भावना र साथ–सहयोगलाई तिलाञ्जली दिँदै नेकपा (एमाले)को छातीमा ढुंगा हानेको छ । जुन आक्रमण नेकपा (एमाले)माथि भयो, त्यो हामीलाई सह्य भएन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बजेट वक्तव्यपछि करिब ७० करोड रुपैयाँका योजना रकामान्तर गरिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

असार १ गतेपछि सरकारले १५ दिने योजना ल्याएर रकम दुरुपयोग गरेको उनको आरोप छ । “सरकारले कानुनमै रहेर रकमान्तर गरेको भने जवाफ दिन सक्छ, तर १५ दिनमा हुने कामले कस्तो गुणस्तरीयता दिन्छन् ?,” उनले प्रश्न गरे ।

सर्सत अनुदान न्यायोचित ढंगले वितरण नगरिएको र एमालेले जितेको स्थानीय तहमा सर्सत अनुदान नै नपठाएको उनले बताए । “कुनै पालिकामा ५० लाख, कुनैमा दुई करोड र कुनैमा एक रुपैयाँ पनि नदिनु विभेद हो,” उनले भने, “हामीले सदन अवरुद्ध गरेपछि मुख्यमन्त्रीले आश्वासन दिनुभएको थियो । तर पनि सर्सत अनुदान पठाइएन ।”

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्