site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानमन्त्री पत्नीको निधनप्रति समाजवादी मोर्चा स्तब्ध

काठमाडौं । समाजवादी मोर्चा नेपालले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसंगिनी सीताको निधनप्रति स्तब्ध रहेको जनाएको छ ।

आज शोक वक्तव्य जारी गर्दै मोर्चाले उनीप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“कमरेड सीता कम्युनिस्ट आन्दोलनको एउटा अनुपम क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । उहाँ सधैँ कर्तव्यनिष्ठ र वर्गपक्षधर रहनुभयो”, वक्तव्य भनिएको छ, “राजनीतिको अति विषम परिस्थितिमा पनि उहाँ अविचलितरूपमा नेपाली क्रान्तिको पक्षमा दृढ भएर उभिनुभयो ।”

दिवंगत सीताले नेपाली कम्युनिस्ट आन्दोलन मात्र नभई आफ्नो परिवारको राजनीतिक योगदानलाई सुदृढ र संगगठित गर्न पनि मद्दत पुर्‍याएको स्मरण गर्दै मोर्चाले उनको योगदानलाई नेपाली राजनीतिक इतिहासले उच्च मूल्यांकन गर्ने जनाएको छ ।

प्रधानमन्त्री पत्नी एवं नेकपा (माओवादी केन्द्र)का सल्लाहकार दाहालको आज बिहान ६९ वर्षको उमेरमा निधन भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  २२:१७
प्रतिक्रिया दिनुहोस्