site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लामा आज बाढीको जोखिम
तिनाउ नदीको दृष्य । फाइल तस्बिर ।

काठमाडौं । देशका सानाठूला नदीहरूमा पानीको बहाव दैनिक बढ्दो क्रममा छ । वर्षासँगै बहाव बढेको हो ।

आज केही साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस दिन झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, तनहुँ, स्याङ्जा, पाल्पा, कास्की, पर्वत, बागलुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), कैलाली, कञ्चनपुर र डडेलधुरा भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । यी जिल्ला भई बहने केही साना नदीहरूमा आकस्मिक बाढीको जोखिमको पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार अबका तीन दिन देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहे पनि बढ्दो हुनेछ ।

भोलि तिनाउ र यसका सहायक तथा त्यस आसपास भई बहने साना नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

adsfmg1689305334.jpg

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०९:१३
प्रतिक्रिया दिनुहोस्