site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सत्ता टिकाउन परराष्ट्र नीतिमै सन्तुलन गुमाउने काम प्रधानमन्त्रीबाट भयो : प्रदीप ज्ञवाली
फाइल तस्बिर।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउनका लागि नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काममा संलग्न भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीको हालैसम्पन्न भारत भ्रमणबारे संकेत गर्दै उनले पछिल्ला दिनमा सत्ता टिकाउनका लागि जस्तोसुकै जोखिम मोल्न पनि प्रधानमन्त्री तयार भएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि सरकारलाई सचेत गराउन बुद्धिजीविहरुलाई समेत आग्रह गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्रिभुवन विश्वविद्यालय र एसियाली अनुसन्धान केन्द्र (सिनास)ले सोमबार कीर्तिपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सत्ता टिकाउनका लागि असंलग्नताको परराष्ट्र नीतिमा विचलन ल्याउने काम नगर्न पनि सरकारलाई सचेत गराए । प्रधानमन्त्रीले भारत भम्रणको क्रममा नेपालको हितलाई समेत ध्यानमा नराखी विद्युत् खरिदसहितको सम्झौता गरेको भन्दै उनले आपत्ति जनाए ।

पछिल्ला दिनमा नेपालले नजानिँदो ढंगले एउटा देशप्रति बढी आशक्ति देखाउनु राष्ट्रका लागि हितकर नभएको उपमहासचिव ज्ञवालीले पटकपटक दोहोर्‍याए । 

“निश्चिय नै ऊर्जामा हामी भारतसँग नै साझेदारी गर्ने । तर त्यसमा पनि तपाईसँग आफ्नो हातमा त केही हुनु पर्‍यो नि । २७ वर्षदेखि पञ्चेश्वर, १२ वर्षदेखि अपर कर्णाली, त्यसमाथि फुकेट कर्णाली, त्यसपछि पश्चिम सेती, अरुण, लोअर अरुणहरुको कुरा सुन्छौंँ,” उनले भने, “त्यसमा साझेदारी हुन्छ कि हामी एकदमै हात बाँधेर । किनभने बजार एउटै छ । लिन्न भनेपछि खेल खत्तम । यो खालको स्थितिबाट जान हुँदैन । राष्ट्रिय हितहरुको सन्दर्भमा पनि त्यो सन्तुलनलाई हामीले गुमाउन्नु हुन्न ।”

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्