site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
१५औं महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउछौँ : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले १५औं महाधिवेशनमा नेता डा. शेखर कोइलालाई सभापति बनाउने घोषणा गरेका छन् । 

४१औं बीपी स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले आफूले कोइरालालाई रुपान्तरणको मुद्दा नसकिएको भन्दै सभापतिको लागि अघि बढ्न आग्रह गरेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“डा.शेखर कोइराला अघि बढ्नुहोस् । मेरो पनि आकांक्षा होला उपसभापतिमा तर, रूपान्तरण मुद्दा सकिएको छैन, तपाईं अघि बढ्नुहोस् भनेको छु,” उनले भने, “प्रस्ट रूपमा भन्छु खरो ढंगबाट पार्टीको रूपान्तरण अभियानमा १५ औं महाधिवेशनमा सभापति बन्ने हो ।” 

उनले बीपी कोइरालाको पदचाप पहिल्याउनुपर्ने बताए ।

“बीपीको पदचाप पहिलाउनुपर्छ हिँड्नै पर्छ । हामीले कांग्रेसलाई बहुमतको पार्टी बनाउनुछ । यो मुलुक र जनताको लागि डेलिभरी दिन आवश्यक छ । जनमतका लागि राजनीति गरेका छौँ भनेर हिँड्नुपर्छ,” उनी भन्छन्, “हामी अलमलिएका छौं कि ठिक छ ? रूपान्तरण गर्ने नै हो । सिङ्गो मुलुकको रूपान्तरण अघि पार्टीको रूपान्तरण हुन्छ । सूरूमा आफैँ रूपान्तरण गर्नुछ । आफैँ नबदल्नेले पार्टी र देशको मुहार बदफ्न सक्दैनौं ।” 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्