site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालकृष्ण खाँणबारे प्रवक्ता भन्छन्– अदालतले निष्कर्ष ननिकाल्दै दोषी करार गर्न मिल्दैन 

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेस भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिमा प्रस्ट रहेको बताएका छन् । 

केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले सुशासन कांग्रेसको पहिलो प्राथमिकता रहेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सुशासन हाम्रो पहिलो प्राथमिकता हो । भ्रष्टाचारमा शून्य सहनशीलतामा द्विविधा छैन,” उनले भने, “भ्रष्टाचारलाई नसहनेमा अग्रपंक्तिमा छौँ ।” 

उनले भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाँणलाई कारबाही किन नगरेको भन्ने प्रश्नमा आरोप प्रमाणित नभएसम्म दोषी नहुने बताए । 

“आरोप प्रमाणित नभएसम्म दोषी हो भन्न मिल्दैन । आरोप लाग्ने बित्तिकै दोषी हुँदैन । जाँचबुझ गर्ने निकाय छ । अदालतले निष्कर्ष ननिकालिन पहिल्यै दोषी करार गरिहाल्नुहुँदैन,” उनले भने ।

उनले दोषी निदोर्ष नहोस् भन्ने अडानमा पार्टी रहेको बताए ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्