site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सात दिनभित्र फेरि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : उद्धव थापा 

काठमाडौं । सर्वोच्च अदालतबाट मुख्यमन्त्री पद गुमाएका कोसी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सात दिनभित्र पुनः गठबन्धनको नेतृत्वमा सरकार बन्ने बताएका छन् । 

बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा उनले आफ्नो नेतृत्व सरकारको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आफूलाई मान्य भएको पनि बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सर्वोच्चले गरेको निर्णय मेरो लागि स्वीकार्य छ । हामी ऐन नियम कानुन संविधान मान्ने पार्टी व्यक्ति हौँ । सर्वोच्चको श्रीमान्हरूले गरेको निर्णयलाई मैले गलत छ भन्न मिल्दैन, जे निर्णय भएको छ, त्यो ठिक छ,” उनले भने, “त्यो निर्णयप्रति मेरो समर्थन छ, बाँकी कुनै प्रतिक्रिया छैन ।”

सर्वोच्चले सात दिनभित्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आदेश दिएको छ । अब पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने उनको दाबी छ । 

“पुनः प्रक्रियाबाट आउनुपर्छ, गठबन्धनबाट कांग्रेसले नै नेतृत्व लिएर तोकिएको समयभित्र सरकार बनाउँछ,” उनले भने । 

बिहीबार सर्वोच्च अदालतले मुख्यमन्त्रीमा उनको नियुक्ति रद्द गरिदिएको हो । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गरिदिएको हो ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्