site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । शुक्रबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं ओर्लिएका हुन् ।

उनलाई स्वागत गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत मन्त्रीहरू विमानस्थलमा पुगेका थिए । उनलाई नेपाली सेनाको एक टुकडीले विमानस्थलमा सलामी अर्पण गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही साउन ६ गते इटाली प्रस्थान गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले ‘फुड सिस्टम समिट’मा सम्बोधन गरेका थिए । जलवायु परिवर्तन र अरू प्रकोपसँग जुध्न तथा अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको उनले बताएका थिए ।

सो क्रममा उनले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा पनि सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १०:३२
प्रतिक्रिया दिनुहोस्