site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
ट्विटर अब डार्क मोडमा मात्रै उपलब्ध हुने

काठमाडौं । ट्विटरलाई खरिद गरेपछि व्यापक फेरबदल गरिरहेका एलन मस्कले नयाँ घोषणा गरेका छन् । हालै मात्र उनले ट्विटरलाई एक्समा रिब्रान्डिङ गरेका छन् ।

यसबीच मस्कले बिहीबार अब ट्विटर अथवा एक्स प्लेटफर्म डार्क मोडमा मात्रै उपलब्ध हुने बताएका छन् । ट्विट गर्दै मस्कले भनेका छन्, “यो प्लेटफर्म चाँडै अब डार्क मोडमा मात्रै उपलब्ध हुनेछ किनकी यो सबै तरिकाले ठिक छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मस्कको यो ट्विटसँगै धेरैले डार्क मोडमा ट्विट पढ्न गाह्रो हुनसक्ने भनेर प्रतिक्रिया दिएका छन् भने, लाइट मोड पनि अप्सन राख्न आग्रह गरेका छन् ।

ट्विटरको एन्ड्रोइड एपमा पनि रिब्रान्डिङ भइसकेको छ । प्लेस्टोरमा ट्विटर अब एक्स भनेर उपलब्ध छ भने, अपडेटपछि एपमा एक्स देख्न सकिन्छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्