site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भ्रष्टाचार निवारण र सुशासनका मुद्दामा केन्द्रित हुनेगरी वार्षिक प्रस्ताव तयार 

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले चालु आर्थिक वर्षमा भ्रष्टाचार निवारण र सुशासनका मुद्दामा केन्द्रित हुनेगरी वार्षिक प्रस्ताव तयार गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकमा दिगो विकास र सुशासनसम्बन्धी ऐन र कानुनको अवस्थाको अध्ययन गर्ने, सुशासन प्रवर्द्धन र सेवा प्रवाहका मुद्दामा केन्द्रित भएर छलफल गर्नेलगायत विषय समटेर वार्षिक प्रस्ताव तयार गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समिति सदस्यहरूको राय सुझाव समेटेर वार्षिक प्रस्तावलाई अन्तिम रूप दिन समिति सचिवालयलाई निर्देशन दिइएको सभापति प्रकाश पन्थले जानकारी दिए । सुशासनका मुद्दामा समिति र सदनमा आवाज उठिरहेको अवस्थामा पनि सेवा प्रवाहमा अलमल देखिएको विषयमा पनि अध्ययन गरिने प्रस्ताव गरिएको उनले बताए । 

त्यस्तै, बैठकमा समिति सदस्य भुवन सुनारको संयोजकत्वमा गठित उपसमितिले तयार गरेको दलितका सवाल सम्बन्धित संकल्प प्रस्ताव कार्यान्वयन कार्ययोजनाको मस्यौदा प्रतिवेदन समिति सभापतिसमक्ष पेस गरिएको छ । यसअघि राष्ट्रियसभाले संकल्प प्रस्ताव पारित गर्दै मातहतका समितिलाई उक्त प्रस्ताव तयार गर्न निर्देशन दिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्