site stats
बाह्रखरी :: Baahrakhari
देश
कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, कसरी भर्ने ?

काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरिएको छ । इपीएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारीपत्र अनुरुप रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई लैजान आवेदन खुलेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उमेदवारको छनौट गर्न कोरियान भाषा परीक्षा सञ्चालन गरिने जनाइएको छ।

आवेदन १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले भर्न सक्नेछन् । यहि साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

आवेदन फाराम https://eoers.epsnepal.gov.npमा गए अनलाइनबाट भर्नु पर्नेछ । यसका लागि https://eoers.epsnepal.gov.np  को पहिलो पेजमा नै डेमो हेर्न सकिनेछ । भाषा परीक्षा आगामी असोज १ गते सोमबारदेखि हुने बताइएको छ ।

EPS korea1690680133.jpg

 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्