site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीय शिक्षा ऐन मंगलबार मन्त्रिपरिषद्‌बाट पारित हुँदै छ : प्रधानमन्त्री 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐन मंगलबार बस्ने मन्त्रिपरिषद्‌बाट पारित गरिने बताएका छन् । 

आइतबार च्यासलमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा उनले मन्त्रिपरिषद्‌बाट पारित गरेर सदनमा पठाउने बताए । संघीय शिक्षा ऐन यही सदनबाट पारित गरिने उनको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“मंगलबार (पर्सी) मन्त्रिपरिषद्को बैठकबाट पहिलो पटक संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाइँदै छ,” मलाई लाग्छ यो आफैँमा एउटा गुणात्मक प्रकृतिको कुरा हो ।” 

उनले यसले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने बताए । 

त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको रिक्त अध्यक्ष पद पनि मंगलबारसम्ममा पूर्ति हुने विश्वास दिलाए । 

साथै, नेकपाकालमा नै तयार भएको उच्च शिक्षा आयोगको प्रतिवेदन तकियामुनी लुकाइएको भन्दै, हराएको भन्दै त्यसको खोजी गरिरहको समेत बताए ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्