site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी केन्द्रीय सदस्यहरूलाई फिल्डमा खटाइँदै
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यहरूलाई फिल्डमा खटाउने तयारी गरिएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकबाट यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठकमा सो प्रस्ताव लैजाने निर्णय गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“केन्द्रीय नेताहरू सबै सहरकेन्द्रित जस्तो भयो, अब फिल्डमा पठाउने तयारी भएको छ,” सचिव दीनानाथ शर्माले बाह्रखरीसँग भने, “उसले संगठन निर्माणमा कतिको भूमिका खेल्छ ? त्यसको मूल्यांकन हुन्छ ।”

जनताका बीचमा घुलमिल हुन, संगठन विस्तारका लागि नेताहरूलाई फिल्डमा खटाउन लागिएको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्