site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दिनको २५० रुपैयाँमा काम गर्ने महिलाहरूले जिते १० करोडको चिट्ठा

काठमाडौं । फोहोर संकलन गरेर प्रतिदिन करिब २५० भारतीय रुपैयाँ कमाउने महिलाहरूले १० करोड भारतीय रुपैयाँको चिट्ठा जितेका छन् ।

दक्षिणी भारतीय राज्य केरलाका ११ महिला सरसफाइ कर्मचारीले १२ लाख अमेरिकी डलरको चिठ्ठा पुरस्कार जितेका हुन्।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वर्षौंदेखि गरिबी झेल्दै आएका यी महिलाले २५० रुपैयाँको उक्त चिट्ठा किन्न पैसा संकलन गरेका थिए । जितेको यो पैसा सबै महिलाले बाँड्ने भएका छन् ।

महिलाहरू केरलाको मलाप्पुरम जिल्लाको परप्पानंगाडी सहरका हुन् ।

उनीहरूले घर–घरबाट नकुहिने फोहोर संकलन गर्ने काम गर्छन् । उनीहरूको तलबले दैनिक जीविका चलाउन समेत कठिन हुने गरेको छ । चिट्ठाको टिकट किन्न महिलाहरूले कहिले काहीँ पैसा जम्मा गर्ने गरेका थिए ।

गत महिना यी महिलाहरूले मनसुन बम्पर पुरस्कार चिट्ठाको टिकट किन्ने निर्णय गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्