site stats
बाह्रखरी :: Baahrakhari
देश
तनहुँमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । तनहुँमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

४७ वर्षीया गीता आलेलाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेको आरोपमा ब्यास नगरपालिका–५, मानुङकोटस्थित पीखरीगैरा बस्ने ५६ वर्षीय श्रीप्रसाद आलेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।     

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आलेले श्रीमतीलाई भरूवा बन्दुक प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । 

गम्भीर घाइते गीताको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्