site stats
बाह्रखरी :: Baahrakhari
देश
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–४, बसपार्कस्थित होटेल कलेलमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।

डोटीको पुर्वीचौकी गाउँपालिका–३ बस्ने २५ वर्षीय अमित बोहरा समेत १० जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख चार हजार ८१० रूपैयाँ र दुई बुक ताससहित पक्राउ गरेको हो ।

 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्