site stats
बाह्रखरी :: Baahrakhari
देश
छोरीलाई विष खुवाई हत्या गरेको आरोपमा तीन वर्ष कैद
प्रतीकात्मक तस्बिर ।

दमौली । तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाई हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ ।

अदालतले पोखरा महानगरपालिका–२४, कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुष्माले वि.सं. २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२, खानीखोलास्थित न्यु लिगलिग प्यालेस एन्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफूले समेत विष सेवन गरेको अवस्थामा होटेल सञ्चालकले भेटी तत्कालै उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगेका थिए ।

उक्त घटनामा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो । सुष्मा उपचारपश्चात् निको भएकी थिइन् । सो घटनामा आरोपितका पति मनोज विकले वि.सं. २०७७ माघ २५ गते सुष्माविरुद्ध जाहेरी दिएका थिए ।

घटना हुँदा मनोज वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका थिए । सुष्मालाई प्रहरीले वि.सं. २०७८ साउन ३० गते पक्राउ गरेको थियो । उनीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले वि.सं. २०७८ भदौ १६ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गराएको थियो । सुष्मा सोही भदौ १८ गतेदेखि तनहुँ जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा थिइन् । रासस

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०९:१६
प्रतिक्रिया दिनुहोस्