site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिकका समस्या सहजीकरण गर्न ‘र्‍यापिड एक्सन टिम’ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले र्‍यापिड एक्सन टिम गठन गरेको छ । नागरिकका समस्या सहजीकरण गर्नका लागि उक्त टिम गठन गरिएको रास्वपाले जनाएको छ ।

“आम नेपाली जनताका दैनिक जीवनमा आइपर्ने कठिनाइहरुलाई समाधानमा साथ दिन तथा नागरिकका समस्या सहजीकरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले विशुद्ध समाज हितका हेतु र्‍यापिड एक्सन टिम गठन गरेको हो,” रास्वपाद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको बेला पार्टीका अन्य संयन्त्र र र्‍यापिड एक्सन टिम जनजीविकाका समस्या सहजीकरणका लागि खटिने  रास्वपाले जनाएको छ ।

रास्वपाले विज्ञप्तिमा भनेको छ, “नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि दिर्नेशानुसार र्‍यापिड एक्सन टिम, पार्टी पंक्ति तथा सम्बन्धित सबैमा सूचीत गराइएको जानकारी गराइन्छ ।”

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्