site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इक्वेडरमा गोली हानी राष्ट्रपतिका उमेदवारको हत्या

काठमाडौं । इक्वेडरको आसन्न राष्ट्रपतीय निर्वाचनका एक उमेदवारको हत्या गरिएको छ । चुनावी र्‍यालीका क्रममा गोली हानी हत्या गरिएको हो ।

देशको राष्ट्रियसभाका सदस्य फर्नान्डो भिल्लाभिसेन्सियोमाथि बुधबार उत्तरी सहर क्विटोमा कार्यक्रमबाट बाहिरिने क्रममा आक्रमण गरिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भिल्लाभिसेन्सियो कारमा बसेर जान लागेका बेला एक व्यक्तिले उनको टाउकामा गोली हालेको सो चुनावी अभियान टोलीका एक सदस्यले स्थानीय सञ्चारमाध्यमलाई बताएको बीबीसीले जनाएको छ ।

५९ वर्षीय भिल्लाभिसेन्सियोमाथि तीन गोली प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सुरक्षाकर्मीको जवाफी कारबाहीमा ती आक्रमणकारीमाथि पनि गोली प्रहार गरिएको थियो । पछि उनको मृत्यु भएको त्यहाँका महान्यायाधिवक्ताले जनाएका छन् ।

त्यहाँ राष्ट्रपतिको पहिलो चरणको निर्वाचन आउँदो अगस्ट २० मा हुने तय छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्