site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीको स्वास्थ्यमन्त्रीमा जसपा सांसद लिम्बू नियुक्त 

विराटनगर । कोसी प्रदेशको स्वास्थ्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा)की सांसद निर्मला लिम्बू नियुक्त भएकी छन् । शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।‌

लिम्बू तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्यमन्त्री थिइन् । जेठ १७ मा  पदबाट राजीनामा दिएकी उनले प्रदेशको नामकरणका बेला मतदान नगरी पहिचानको आधारमा नाम नराखिएको भन्दै विरोध जनाएकी थिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट एक–एकजना मन्त्री हुने पूर्वसहमतिअनुसार लिम्बूलाई मन्त्री बनाएका हुन् ।‌

यसअघि थापाले कांग्रेसका प्रदीप सुनुवार, माओवादी केन्द्रका बाबुराम गौतम र एकीकृत समाजवादीबाट कमल जवेगुलाई मन्त्री बनाएका थिए ।‌

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्