site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
विभिन्न सर्जक तथा साहित्यिक पत्रकारहरू सम्मानित

काठमाडौं । साहित्यिक पत्रकार संघले स्थापनाको स्वर्ण महोत्सवका अवसरमा नेपाली साहित्यमा क्रियाशील साहित्यकार, समीक्षक, साहित्यिक पत्रकारहरूलाई सम्मानित गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा संघले संस्थाका पूर्वअध्यक्षहरू नगेन्द्रराज शर्मा, अच्युतरमण अधिकारी, विश्वविमोहन श्रेष्ठ तथा नरेन्द्रबहादुर श्रेष्ठलाई साहित्यिक पत्रकार सम्मानद्वारा सम्मानित गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संघले बर्सेनि प्रदान गर्दै आएको ‘व्यथित काव्य पुरस्कार’ २०७४ सालका लागि कवि उदय निरौला, २०७५का लागि कवि श्रवण मुकारुङ, २०७६ सालका लागि बिम्ब कवि रमेश श्रेष्ठ र २०७८ सालका लागि कवि मोमिला जोशीलाई समर्पण गरेको छ ।

त्यस्तै ‘स्वर्ण महोत्सव सम्मान’ साहित्यकारहरू घनश्याम राजकर्णिकार, केके कर्माचार्य, गणेश रसिक, रमा शर्मा, माया ठकुरी, हिरण्यकुमारी पाठक, एसपी कोइराला, डा. सुरेन्द्र केसी, प्रदीप बमजन, डीआर उपाध्यायलाई समर्पण गरेको छ ।

सोहीअवसरमा सर्जकहरू प्रमोद प्रधान, गीता त्रिपाठी, ज्ञानु अधिकारी र छविरमण सिलवाललाई समीक्षकका रूपमा सम्मानित गरियो ।कार्यक्रममा साहित्यिक पत्रकारहरू किशोर पहाडीलगायतलाई प्रशंसापत्र प्रदान गरियो ।

संघका अध्यक्ष राधेश्याम लेकालीले संस्थाले स्वर्ण महोत्सवका अवसरमा गरिएका काम र सम्मानहरूका विषयमा जानकारी गराए ।
सोही कार्यक्रममा प्रमुख अतिथि साहित्यकार यादव खरेल, नगेन्द्रराज शर्मा, मदनदास श्रेष्ठ, रमा शर्मा, रमेश श्रेष्ठ, प्रदीप बमजन, विश्वविमोहन श्रेष्ठ, प्रा.डा. सुरेन्द्र केसी लगायतले बोले ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  २२:१५
प्रतिक्रिया दिनुहोस्