site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल टेलिकमको आम्दानी करिब ४५ अर्ब, नाफा घटेर ७ अर्ब ८० करोड

काठमाडौं । नेपाल टेलिकमले गएको आर्थिक वर्ष (आव) २०७९/०८० मा करिब ४५ अर्ब रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको आव ०७९/०८० को चौथो त्रैमासिक वित्तीय विवरणमा कुल आम्दानी ४४ अर्ब ८६ करोड ८२ लाख ७३ हजार रुपैयाँ भएको उल्लेख छ ।

जुन गत आव २०७८/०७९ को ४४ अर्ब ३७ करोड ४६ लाख ५६ हजार रुपैयाँभन्दा ४९ करोड ३६ लाख १६ हजारले बढी हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, गएको आवमा ३७ अर्ब ९१ करोड ९७ लाख ८९ हजार रहेको कम्पनीको सञ्चय आय एक अर्ब ११ करोडले घटेर ३६ अर्ब ८० करोड ३९ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

गएको आवमा कम्पनीको खुद नाफा ६६ करोड ६२ लाख सात हजार रुपैयाँले घटेर सात अर्ब ८० करोड ४५ लाख २६ हजार पुगेको छ । अघिल्लो आवमा कम्पनीको खुद नाफा आठ अर्ब ४७ करोड ७ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।

यस वर्ष कम्पनीको प्रति सेयर आम्दानी ४३ रुपैयाँ ३६ पैसा भएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्