site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट संक्षिप्त सूची सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीको १५ पुस्तकमध्येबाट पाँच पुस्तकको उत्कृष्ट संक्षिप्त सूची (सर्ट लिस्ट) सार्वजनिक गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा फेसबुकमार्फत जानकारी गराइएअनुसार निर्णायक समितिको सिफारिसमा इजोरिया (सुबिन भट्टराई), ऐँठन (विवेक ओझा), मनु (डा. देवीप्रसाद सुवेदी), मफलर (प्रदीप रोदन) र शून्यको मूल्य (डा. नवराज केसी) संक्षिप्त सूचीमा परेका छन् ।

प्रतिष्ठानले चयन प्रक्रियाको पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त १८० पुस्तकमध्येबाट निर्धारित मापदण्डबमोजिम निर्णायक समितिको सिफारिसअनुसार गत असार १५ गते १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची (लङ्ग लिस्ट) सार्वजनिक गरेको अध्यक्ष लामिछानेले जनाएका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्