site stats
बाह्रखरी :: Baahrakhari
कला
‘माग्ने राजा’को पोस्टर सार्वजनिक

काठमाडौं । केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा रहेको चलचित्र ‘माग्ने राजा’को पोस्टर सार्वजनिक भएको छ । आज काठमाडौंमा कार्यक्रम आयोजना गर्दै चलचित्रको पोस्टर सार्वजनिक भएको हो ।

दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । एउटा पोस्टरमा केदार मात्रै छन् । अर्कोमा केदारसँगै वर्षा शिवाकोटी र विल्सनविक्रम राई फिचर्ड छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्र ‘माग्ने राजा’ भदौ ६ गते रिलिज हुँदै छ । यो चलचित्रमा केदार, वर्षा र विल्सनसँगै आर्यन सिग्देल, मिस पवि र शिशिर बाङदेलको मुख्य भूमिका छ । 

‘माग्ने राजा’लाई ऋषि लामिछानेले निर्देशन गरेका छन् । पटकथा सामीप्यराज तिमल्सेनाले लेखेका छन् । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका छन् ।  

चलचित्रमा मुनाल घिमिरेको लगानी छ । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दै छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्