site stats
बाह्रखरी :: Baahrakhari
देश
वनस्थलीमा बसको ठक्करबाट दुईजनाको मृत्यु, एक घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको वनस्थली, ढुंगेधारामा बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । बालाजुबाट कलंकीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले आज बिहान विपरीत दिशाबाट आउँदै गरेको प्रदेश०२–०३७प ०७५५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाकी ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारती रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुमोद ढुंगेलले दुर्घटनामा गम्भीर घाइते दुवैजनाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा नौ वर्षीया बालिका अनिशा थापा घाइते भएकी छन् । टाउकोमा चोट लागेर घाइते भएकी थापाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता ढुंगेलले बताए । रासस

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्