site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सबै प्रकरणका फाइल खोल्नुपर्छ : गगन थापा
फाइल तस्बिर ।

दमक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानि पुर्‍याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खोल्नुपर्ने बताएका छन् ।

कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर छानबिनको प्रक्रिया सुरु गरेकामा केही आशा जगाएको बताए । ती सबै फाइल खोलेर अनुसन्धानको प्रक्रियालाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“विभिन्न प्रकरणमा संलग्नलाई राजनीतिक आस्थाका आधारमा नहेरी निष्पक्ष छानबिन गरी दण्डित गरिनुपर्छ,” उनले भने ।

चुनौतीलाई अवसरका रूपमा बदल्न कांग्रेसले अगुवाइ गर्नुपर्ने महामन्त्री थापाको भनाइ थियो । उनले भने, “२०८४ सालको निर्वाचनको चिन्ता होइन, २०८० देखि नै देशको अवस्था परिर्वतनमा हामी सबै एक भएर लागेपछि देशको मुहार फेर्न सकिन्छ ।”

केही दल आउँदो आमनिर्वाचनमा जितहारको मात्र चिन्ता गरेर बसेको उल्लेख गर्दै उनले त्यो चिन्ता पार्टीको मात्र स्वार्थ भएकाले अवसर प्राप्तिका लागि सरकार अघि बढ्नुपर्ने उल्लेख गरे ।

महामन्त्री थापाले देशमा छाएको निराशाको मौका छोपी केही नयाँ दलले व्यापार गर्न थालेका टिप्पणी गरे । कांग्रेसका नेता तथा कार्यकर्ता चुनावका लागि मात्र नभएर जनताको परिवर्तनको निम्ति सक्रिय भई जुट्नुपर्ने उनले बताए ।

पार्टी नगर सभापति अशोक बस्नेतको अध्यक्षतामा भएको उक्त सम्मेलनमा कांग्रेस झापाका सभापति देउकुमार थेवेलगायत नेताले आ–आफ्नो धारणा राखेका थिए । रासस

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्