site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेशले सर्वदलीय सहमति र सहकार्य खोजेको छ : इन्द्र आङ्बो

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोसी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले उपसभामुखको भूमिका आफैँ हिँडेर प्लेनमा चढेर जान सक्ने अवस्था नाटकीय ढंगले तयार गरिँदा यसले गैरसंसदीय गतिविधिलाई बढावा दिएको आरोप लगाएका छन् । 

कोसी प्रदेश सभाको आजको बैठकमा बोल्दै उनले सभाको बैठक डाकेर त्यसलाई छल्नु अनुचित भएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“कतिपय सांसदहरू एनजीओको कार्यक्रममा सहभागी भएको तर सदनमा बिदा लिएर बस्नुभयो । यसले सांसद प्रदेश प्रति कति जिम्मेवार छन् भन्ने देखिएको छ,” उनले भने । 

उनले भर्खरै बनेको प्रदेशमा व्यवस्था खारेज गर्न लागेकाहरूलाई बल पुग्ने गरी गैरसंसदीय गतिविधि कोसीमा भएको दाबी गरे । सहमति र सहकार्यमा राजनीतिक गतिविधि अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । 

आङ्बोले प्रदेशको राजनीतिक निकासका लागि सबै दल एक स्थानमा उभिनुको विकल्प नभएको पनि बताए ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्