site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संविधान बनाउँदाको गल्तीका कारण मुलुक अफ्ठ्यारोमा परेको छ : अध्यक्ष यादव
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणका क्रममा गरिएको गल्तीका कारण अहिले मुलुक अफ्ठ्यारोमा परेको बताएका छन् ।

सोमबार नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदिप गिरिको प्रथम स्मृति दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादका आयामहरू’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले मुलुक अफ्ठ्यारो स्थितिमा परेको बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वर्तमान संविधानले अन्तरिक संविधानमा जनतालाई दिएको अधिकारलाई समेत सम्बोधन गर्न नसकेको उनको भनाइ छ । संविधानले भविष्यलाई नदेखेको पनि बताए । अध्यक्ष यादवले सोही कारण आफू र स्वर्गीय गिरि लगायतले संविधानमा हस्ताक्षर नगरेको उल्लेख गरे ।

उनले भने, "हामी दुईजनाले यो संविधान हस्ताक्षर गरेनौँ । किन हो त भन्दाखेरी यो संविधानले कमसेकम अन्तरिक संविधानमा जनताले प्राप्त गरेको अधिकार समेतलाई पनि सम्बोधन गर्न सकेन । यसले समानुपातिक समावेशिता, सही मानेको संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रका बलिया आधारहरू, शासकिय स्वरुप, निर्वाचन प्रणाली जस्ता महत्वपूर्ण पक्षमा जुन संविधानमा आएको छ त्यसमा उहाँको विमति थियो । र उहाँको विचार, हाम्रो सोच, चिन्तन एकै ठाउँमा थियो ।"

उनले अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, कृषि र उद्योग धरासायी हुँदै गएको भन्दै मुलुकलाई ट्रयाकमा ल्याउन चिन्तनको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्