site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनाएको छ । सोमबार बसेको सर्वदलीय बैठकमा भएको सहमतिअनुसार आज संसद्‌मा अवरोध नगर्ने एमालेले जनाएको छ । 
 
प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । 

“हिजो एउटा सहमति भएको छ । आज संसद् बैठक अवरोध गर्दैनौँ” एमाले संसदीय दलका सचेतक महेश वर्तौलाले बाह्रखरीसँग भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोमबार राति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेमा सहमति जुटेको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिएका थिए । उनले सुन तस्करीको विषयलाई लिएर उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा सत्ता पक्षले सहमति जनाएको र उक्त प्रतिबद्धतामा अडिए संसद् चल्ने बताएका थिए ।
 
ब्रेक–सु मा राखेर भित्र्याइएको ६० किलो सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिमार्फत अनुसन्धान हुनुपर्ने अडान राख्दै साउन १० गतेयता संसद् अवरोध गर्दै आएको छ। 

 

 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०८:२०
प्रतिक्रिया दिनुहोस्