site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गिरिबन्धु टि–स्टेट प्रकरणमा पनि छानबिन अघि बढाउन मेटमणिको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले गिरिबन्धु टि–स्टेटको जग्गा प्रकरणको पनि छानबिन अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै चौधरीले सत्तामा भएका वा सत्ता बाहिर रहेका जोसुकै अपराधीलाई कानुनको दायरामा ल्याउन माग गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सरकारले भ्रष्टचारीहरूलाई समाजमा चिनाउन र कानुनी कारबाहीका दायरामा जुन काम गरिरहेको छ त्यसको म स्वागत गर्छु,” चौधरीले भने, “सुन प्रकरण, ललितानिवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणमा जस्तै सरकारले गिरिबन्धु टि–स्टेट, एति ओम्नीसहितका भ्रष्टाचारका प्रकरण पनि छानबिनमा ल्याउनुपर्छ ।”

उनले अपराधी जोसुकै भए पनि सबैजनाको बीचमा चिनाउन र कानुनको दायरामा ल्याउन सरकारले खुट्टा कमाउनु नहुने बताए ।

 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्