site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म राप्रपा नेपाल सत्ताको खेलमा लाग्दैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले राजसंस्थाको पुनर्स्थापनासहित समृद्ध हिन्दु अधिराज्य नेपाल पार्टीको अबको गन्तव्य हुने घोषणा गरेको छ ।

दुई दिनसम्म चलेको पार्टीको केन्द्रीय समिति बैठकको निर्णय घोषणा गर्न शुक्रबार काठमाडौंमा आयोजित घोषणा सभालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थासम्बन्धी विगतको अवधारणालाई पुनर्विचार गरेर राजसंस्थाको पुनर्स्थापनासहितको प्रजातन्त्र पार्टीको मूलभूत विचार हुने घोषणा गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राजसंस्थाको पुनर्स्थापना राप्रपा नेपालको कार्यनीति एजेन्डामध्ये एक हुने उनको भनाइ छ । उनले संघीय गणतन्त्रको नाममा भएको भ्रष्ट व्यवस्थाको अन्त्य तथा सवल र समृद्ध हिन्दु अधिराज्यको स्थापनाको मुख्य माग लिएर राप्रपा नेपालले आन्दोलन सञ्चालन गर्ने बताए । 

थापाले आमजनताको सहयोग र सद्भावबाट केही वर्षभित्रमा नै राजसंस्थालाई पुनर्स्थापना गर्ने र नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्ने दाबी गरे । 

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म आफ्नो पार्टी सत्ताको खेलमा नलाग्ने उनको भनाइ छ । उनले पूर्वराजाबाट विगतमा जस्तो पार्टीमा हस्तक्षेप नहुने कुराको विश्वसनीय आधार तय भइरहेको पनि बताए । 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्