site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको ध्यान सत्तातिर छैन : ओली
फाइल तस्बिर।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले सत्तातिर ध्यान नदिएको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले देशको इज्जतका लागि, मुलुकको अर्थतन्त्रको उन्नतिका लागि आफ्नो पार्टीले सुन तस्करी प्रकरण नियन्त्रणका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनका लागि पहल गरेकाले यसलाई सत्तातिर जोडेर हेर्न नहुने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एमालेले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासमा जोड दिएको उनले बताए । ओलीले सत्तारुढ गठबन्धनको कुबुद्धिका कारण कोसी प्रदेश सरकारमा अस्थिरता आएको आरोप लगाए ।

“कोसी प्रदेश सरकार त बनेकै थियो । यो त सत्तारुढ गठबन्धनको कुबुद्धि र अलोकतान्त्रिक, असंवैधानिक क्रियाकलापको कारणले यो अस्थिरता आएको न हो,” उनले भने, “नत्र भने नबनेको सरकार बनाए भन्ने । सभामुखले भोट हालेर असंवैधानिक क्रियाकलाप गर्ने, गराउने । सभामुखलाई राजीनामा गराएर संकट खडा गराउने । यस्ता खालको काम सत्तापक्षले गरेर समस्या आएको न हो ।”

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको अलोकतान्त्रिक, असंवैधानिक क्रियाकलापका कारण कोसी प्रदेश सरकार आफैँ संकटमा परिरहेको जिकिर गरे ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्