site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अस्ट्रेलियामा २० जना सवार अमेरिकी सैन्य हेलिकोप्टर दुर्घटना

काठमाडौं । अष्ट्रेलियाको उत्तरी तटमा २० समुद्री सेना सवार अमेरिकी सैन्य हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)ले डार्विनबाट ६० किलोमिटर टाढा मेलभिल टापु नजिकै अमेरिकी सैन्य हेलिकोप्टर ओस्प्रे भी–२२ दुर्घटना भएको र त्यहाँबाट धेरैको उद्धार गरिएको जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अस्ट्रेलिया, अमेरिका, पूर्वी टिमोर, इन्डोनेसिया र फिलिपिन्सका सेना संलग्न रहेको वार्षिक ‘प्रिडेटर रन’ अभ्यासका क्रममा दुर्घटना भएको अस्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ।

अस्ट्रेलियन डिफेन्स फोर्स (एडीएफ)ले ओस्प्रे–२२ मा कुनै पनि अष्ट्रेलियाली कर्मचारी नरहेको बताएको छ।

एडीएफले एक विज्ञप्ति जारी गर्दै अहिले उद्धारमा केन्द्रित रहेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्