site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीय कानुन बन्न नसक्दा स्थानीय तह पूर्णरूपमा चल्न सकेनन् : नेता सिंह
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसद्ले तीन तहको सरकारलाई सुचारु रूपमा सञ्चालन गराउनका लागि आवश्यक संघीय कानुनहरू बनाउन नसकेको बताएका छन् ।

अइतबार नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको २७औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले संघले आवश्यक कानुनहरू निर्माण गर्ने हो भने स्थानीय तहले पूर्णरूपमा आफ्ना काम, कारबाहीहरू अघि बढाउनसक्ने उल्लेख गरे ।

उनले पछिल्लो समय युवाहरू देश छोडेर पलायन भइरहेकोबारे चिन्ता व्यक्त गर्दै सरकारले युवाहरूलाई स्वदेशमै काम गरेर खाने वातावरण मिलाउनुपर्ने बताए । सरकार र सबै राजनीतिक दलहरूले यसबारेमा गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ छ ।  

उनले भने, "सरकारलाई सुचारु रूपमा सञ्चालन गर्न आवश्यक संघीय कानुनहरू जुन अभावको कारणले फुल फ्लेजिट रूपमा काम गर्न पाइरहेको छैन, त्यो गराउन हामीले संघीय विधेयक ल्याउनुपर्छ, ऐन बनाउनुपर्छ, शिक्षा ऐन बनाउनुपर्छ, तमाम यस्ता संघीय कानुन बनाइसकेपछि प्रान्तिय कानुन र स्थानीय सरकारले पनि आफ्ना कानुन बनाउन बाटो सुचारु रुपले जाने हुन्छ ।"

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्