site stats
बाह्रखरी :: Baahrakhari
देश
अखाद्य पदार्थ बिक्री गर्नेलाई महानगरले तिरायो डेढ लाख जरिवाना 

काठमाडौं । काठमाडौं महानगरपालिकाले अखाद्य पदार्थ बिक्री गरेको आरोपमा एक वितरक कम्पनीलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

पुतलीसडकस्थित कालिञ्चोक ट्रेडिङ नेपालमा अनुगमनका क्रममा अखाद्य पदार्थ भेटिएकाले जरिवाना गरिएको महनगरले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महानगरका अनुसार सो वितरकबाट गुणस्तरहीन सामान बिक्री भइरहेको र बोतलमा हुने खाद्यान्न राम्रोसँग सिलबन्दी नभएको अनुगमनका क्रममा देखिएको थियो ।

अखाद्य देखिएका पदार्थ बजारमा नपुग्दै फिर्ता ल्याउन र राम्रोसँग चेकजाँच गरेर मात्र खुद्रा पसलमा सामान पठाउन कम्पनीलाई महानगरको निर्देशन छ ।

adf1693126800.jpg

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्