site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चाका शीर्ष नेताहरू भोलि पोखरा आउने

पोखरा । समाजवादी मोर्चाका शीर्ष नेताहरूले शुक्रबार गण्डकी प्रदेशमा आयोजना हुने सभालाई सम्बोधन गर्ने भएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पोखरा आउने जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले समाजवाद स्थापना गर्ने मूल उद्देश्यले मोर्चा गठन गरेको पनि जानकारी दिए । “संघीयता, लोकतान्त्रिक गणतन्त्र, सुशासन, आर्थिक र सामाजिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने मूल उद्देश्य हो । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको मौलिक विशेषताहरूको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धतासहित समाजवादी मोर्चा गठन भएको हो,” उनले भने ।

समाजवादी मोर्चा नेपाल गण्डकी प्रदेशको संयोजन समितिमा हरेक दलबाट तीन–तीनजना प्रतिनिधि रहेका छन् । समितिमा माओवादी केन्द्रबाट गायत्री गुरुङ, ज्ञामनाथ गैरे, जगन्नाथ खनाल, एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल, प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टी, नेपालबाट गोपाल गुरुङ, निर्मल जिसी, रमेश नेपाली, नेपाल कम्युनिस्ट पार्टीबाट राजन सी, दीपा सी र काजी सी रहेका छन् । 

मोर्चाको अध्यक्षता आलोपालो प्रणालीअन्तर्गत अहिले नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले समाल्हेकी छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्